Kishore Kumar Hits

Sapana Shree - Yati Thulo Sansar текст песни

Исполнитель: Sapana Shree

альбом: Nilo Aakash


यति ठूलो संसारमा आफ्नो भन्ने कोही छैन
आशा अब कसको गरूँ?
आशा अब कसको गरूँ? साथ दिने साथी छैन
यति ठूलो संसारमा आफ्नो भन्ने कोही छैन

माया मार्नु नै थियो त, त्यो संसारमा किन डुबायौ?
माया मार्नु नै थियो त, त्यो संसारमा किन डुबायौ?
साथ छोड्नु नै थियो त
साथ छोड्नु नै थियो त, आधाबाटोसम्म किन डोरायौ, डोरायौ, डोरायौ?
यति ठूलो संसारमा आफ्नो भन्ने कोही छैन

तिमी अरूको नै थियौ त, तिम्रो आभास किन दिलायौ?
तिमी अरूको नै थियौ त, तिम्रो आभास किन दिलायौ?
फेरि रुवाउनु नै थियो त
फेरि रुवाउनु नै थियो त, खुसीहरू दिएर किन हँसायौ, हँसायौ, हँसायौ?
यति ठूलो संसारमा आफ्नो भन्ने कोही छैन
आशा अब कसको गरूँ?
आशा अब कसको गरूँ? साथ दिने साथी छैन
यति ठूलो संसारमा आफ्नो भन्ने कोही छैन

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Похожие исполнители