ए बाऊ, भात खान आऊ
ए बाऊ, भात खान आऊ
चुरा बज्यो छिनछिन, बाटुलीले दिन्छिन
मुसुरीको दाल, कासको थाल
गुन्द्रुकको अचार, खाने छ कि बिचार
ए बाऊ, भात खान आऊ
ए बाऊ, भात खान आऊ
♪
ए आमा, बुट्टे जामा
ए आमा, बुट्टे जामा
घोडा चडी आए हाम्रा जेठा मामा
जीउ धान सरकारी, तामाको तरकारी
गुन्द्रुकको अचार, खाने छ की बिचार
ए बाऊ, भात खान आऊ
ए बाऊ, भात खान आऊ
♪
गोरो है गोरो, मन मेरो गोरो
राम्रो है राम्रो, म त राम्रो छोरो
मेरा बाबा, मेरा आमा
पिर नगर, आँशु नझार
बाचुन्जेल खुवाउने पनि मै हुँ (क्यारे?)
चारै धाम घुमाउने मै हुँ
बाचुन्जेल खुवाउने पनि मै हुँ (हो र?)
चारै धाम घुमाउने मै हुँ
हगी बाटुली? हगी बाटुली?
ए बाऊ, भात खान आऊ
ए बाऊ, भात खान आऊ
♪
जेठो दाजु उमेर खाको, पढ़े लेखेको
भाउजु ली पर गाको, तेस्तै लेखेको
ठुली दीदी, सारै जीद्दी, माइती रुख्याउने
अर्की बहिनी बइगुनी, सबै कुमल्याउने
घर खोक्रो पारि-पारि
घर सबै भाडी-भाडी
घर खोक्रो पारि-पारि
घर सबै भाडी-भाडी
बाऊ आमा धर-धरी रुवाउने
हगी बाटुली? हगी बाटुली?
गोरो है गोरो, मन मेरो गोरो
राम्रो है राम्रो, म त राम्रो छोरो
बाचुन्जेल माया गर्ने मै हुँ (क्यारे?)
मरेपछि किर्या गर्ने मै हुँ
बाचुन्जेल माया गर्ने मै हुँ
मरेपछि किर्या गर्ने मै हुँ
हगी बाटुली? हगी बाटुली?
ज्यान सुकेको, ज्ञ्यान लुकेको
ज्यान सुकेको, ज्ञ्यान लुकेको
सबैले थुकेको, मायाले चुकेको
सबैले थुकेको, मायाले चुकेको
हगी बाटुली? हगी बाटुली?
मेरा बाबा, मेरा आमा
पिर नगर, आँशु नझार
बाचुन्जेल पाल्ने पनि मै हुँ (क्यारे?)
मरेपछि फाल्ने पनि मै हुँ
बाचुन्जेल पाल्ने पनि मै हुँ
मरेपछि फाल्ने पनि मै हुँ
हगी बाटुली? हगी बाटुली?
ए बाऊ, भात खान आऊ
ए बाऊ, भात खान आऊ
Поcмотреть все песни артиста