थाहा छैन कुन मोड देखि म एक्लै एक्लै आउदै छु थाहा छैन कुन मोड हुदै म कहाँ कता जादैछु यहि यात्राले जिन्दगीको जिन्दगीनै गुमाउदै छु थाहा छैन पुग्नु पर्ने कहाँ छ र फेरी पनि हिडीरहेकै छु बेर्थैम अल्मलिदै आफैलाई अल्झाही रहेछु कहिँ भुलेर म आफै आझै झुटो सपना सजाउदै छु थाहा छैन छुट्टिनु त छदैछ फेरी यो आभास किन एक्लोपनको वस्तु रोपनमै बिताउनु सायद रहेछ यो रित जिवनको फेरी किन म जीवनको मोहमा एकोहोरो हराउदै छु थाहा छैन कुन मोड देखि म एक्लै एक्लै आउदै छु थाहा छैन कुन मोड हुदै म कहाँ कता जादैछु यहि यात्राले जिन्दगीको जिन्दगीनै गुमाउदै छु थाहा छैन थाहा छैन थाहा छैन