Kishore Kumar Hits

Deepak Jangam - Samjhanako Goretoma текст песни

Исполнитель: Deepak Jangam

альбом: Na Gu Ma


सम्झनाको गोरेटोले किन पछि डाक्छ
सम्झनाको गोरेटोले किन पछि डाक्छ
बिना कसुर हुरी आई फूल किन झार्छ
बिना कसुर हुरी आई फूल किन झार्छ
भुरुरुरु उड्ने मनचरीको प्वाँख कसले झारेछ
यस्तै नै छ मेरो जिन्दगी, बादलले ढाकेछ
बादलले ढाकेछ
सम्झनाको गोरेटोले किन पछि डाक्छ

बिरहको चिसो स्याँठले मुटु छेडी कँपाईदिन्छ
बिरहको चिसो स्याँठले मुटु छेडी कँपाईदिन्छ
तर्किजाने पानी आँखैमा किन आहाल पार्छ
हाँसीहाँसी हिड्ने यो मन आज हाँस्नै बिर्सेछ
यस्तै नै छ मेरो जिन्दगी, बादलले ढाकेछ
बादलले ढाकेछ
सम्झनाको गोरेटोले किन पछि डाक्छ

मनमा एउटा दियो थियो, कसले आज निभाईदियो
मनमा एउटा दियो थियो, कसले आज निभाईदियो
सँगै बाँच्ने रहर थियो, कसले साथ छुटाईदियो
धुरुधुरु रुने बर्खा आज किन थाकेछ
यस्तै नै छ मेरो जिन्दगी, बादलले ढाकेछ
बादलले ढाकेछ
सम्झनाको गोरेटोले किन पछि डाक्छ
सम्झनाको गोरेटोले किन पछि डाक्छ
बिना कसुर हुरी आई फूल किन झार्छ
बिना कसुर हुरी आई फूल किन झार्छ
भुरुरुरु उड्ने मनचरीको प्वाँख कसले झारेछ
यस्तै नै छ मेरो जिन्दगी, बादलले ढाकेछ
बादलले ढाकेछ
सम्झनाको गोरेटोले किन पछि डाक्छ

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Похожие исполнители