Kishore Kumar Hits

Uday Sotang - Kati Ho Kati текст песни

Исполнитель: Uday Sotang

альбом: Marma


कति हो कति मायाको बाटो
आँखाले बोल्छ ओठको साटो
मैले त भाके मायामै जुनि
माटोले छोडे मन हुन्छ बाटो
कति हो कति

जुर्यो कि एकान्त भेट, नखाए पनि भरिन्छ पेट
जुर्यो कि एकान्त भेट, नखाए पनि भरिन्छ पेट
लाग्दैन जाडो पुसैमा पनि हो...
लाग्दैन जाडो पुसैमा पनि
शितलु लाग्छ बैशाख जेठ
कति हो कति मायाको ढंग
दोहोरी चल्छ एकान्त संग
नपाए के भो लेखेर भन्न
बोलेकै हुन्छ जिउकै अंग
कति हो कति

चोरेको माया झन कति मिठो, मनभरि सर्छ घाम भन्दा छिटो
चोरेको माया झन कति मिठो, मनभरि सर्छ घाम भन्दा छिटो
पर्दैन पिउनु पानीको घुट्को हो...
पर्दैन पिउनु पानीको घुट्को
तिर्खानै हुन्छ पिरती झै मीठो
कति हो कति मायाको शक्ति
चिम्लेनी आँखा भरिन्छ दृस्टी
तगारो हाली छेके नै पनि
मायाले भोग्छ मन भित्रै मुक्ति
कति हो कति मायाको बाटो
आँखाले बोल्छ ओठको साटो
मैले त भाके मायामै जुनि
माटोले छोडे मन हुन्छ बाटो
कति हो कति

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Aawani

2009 · Мини-альбом

Похожие исполнители