Kishore Kumar Hits

Om Bikram Bista - Timi Hidne текст песни

Исполнитель: Om Bikram Bista

альбом: The Best of Om Bikram Bista


तिमी हिँड्ने पाइलाहरूमा काँडा नबिझिदिऊन्
तिम्रा हर बिहानीलाई कुहिरोले नढाकिदिऊन्
यही कामना तिमीलाई मेरो जहाँ तक आकाश झुक्दैन
तिमी हिँड्ने...

ढुङ्गाको छाती भएर चोटहरू जति लुकाउन सकूँ
छलेर हर सावनलाई आँसुहरू जति म पिउन सकूँ
यति नै खुसीका रङ्गहरूले तिम्रो बिहानीको हर प्रहरलाई बाँधिदिऊन्
यही कामना तिमीलाई मेरो जबसम्म आकाश झुक्दैन
तिमी हिँड्ने...

सागरको लहर भएर तिमीदेखि दूर म बाँच्न सकूँ
ढाँटेर हर सावनलाई बाजीहरू म हार्न सकूँ
त्यति नै मायाका बन्धनहरूले तिम्रो जीवनीको हर प्रहरलाई बाँधिदिऊन्
यही कामना तिमीलाई मेरो जहाँ तक सागर सुक्दैन
तिमी हिँड्ने पाइलाहरूमा काँडा नबिझिदिऊन्
तिम्रा हर बिहानीलाई कुहिरोले नढाकिदिऊन्
यही कामना तिमीलाई मेरो जहाँ तक आकाश झुक्दैन
तिमी हिँड्ने...

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

YAAD

1992 · альбом

1979

1982 · альбом

Похожие исполнители