चोट बोकेर यो छातीमा जाँदै छु तिमीबाट टाढा म पर्खी मलाई तिमी नबस्नू पर्खी मलाई तिमी नबस्नू लिएर आँसु दुई आँखामा जाँदै छु ज्यादै टाढा म सम्झी मलाई तिमी नरुनू सम्झी मलाई तिमी नरुनू ♪ गल्ती मैले आफ्नो नस्विकारेको होइन तर तिमीलाई आफ्नो भूलको आभास पनि छैन न तिमीले गर्यौ प्रयास बुझ्न मेरा चाहनालाई न त मैले बदलिनै खोजेँ आफूलाई न तिमीले गर्यौ प्रयास बुझ्न मेरा चाहनालाई न त मैले बदलिनै खोजेँ आफूलाई स्विकारेर आफ्नो गल्ती हुँदै छु तिमीबाट टाढा म पर्खी मलाई तिमी नबस्नू सम्झी मलाई तिमी नरुनू ♪ तिम्रो हाँसो खोसेर अरूलाई दिया छैन तिमीले झैँ मझधारमा छोड्न खोज्या होइन छुट्दैमा तिम्रो साथ म मरिजाने होइन तर तिम्रो अभावमा बाँच्ने इच्छा छैन छुट्दैमा तिम्रो साथ म मरिजाने होइन तर तिम्रो अभावमा बाँच्ने इच्छा छैन बुझेर तिम्रो चाहना हुँदै छु तिमीबाट टाढा म पर्खी मलाई तिमी नबस्नू सम्झी मलाई तिमी नरुनू चोट बोकेर यो छातीमा जाँदै छु तिमीबाट टाढा म पर्खी मलाई तिमी नबस्नू सम्झी मलाई तिमी नरुनू पर्खी मलाई तिमी नबस्नू सम्झी मलाई तिमी नरुनू