Kishore Kumar Hits

Om Bikram Bista - Uni Aaune текст песни

Исполнитель: Om Bikram Bista

альбом: Flow


उनी आउने बिहानीको मिरमिरेमा
म खुसीको किरण पाउने गर्छु
कल्पीकल्पी उनीसँगै म हराउने गर्छु
सुनौलो सपनाहरू आँखाभरि म पाउने गर्छु

कहिले उनीलाई म गाउने गर्छु
एकान्तमा गीत बनाई
कहिले उनीलाई म गाउने गर्छु
एकान्तमा गीत बनाई
दङ्ग पर्छु म कल्पनामा
उनीकै गीत उनीलाई सुनाई
मनमनै मन साटी म रमाउने गर्छु
मिलनको आभासमा उनीसँग प्रीत लाउने गर्छु

कहिले उनीलाई म सताउने गर्छु
सम्झनामा एक्लो पाई
कहिले उनीलाई म सताउने गर्छु
सम्झनामा एक्लो पाई
उदास हुन्छु म सम्झनामा
उनीसँगै उनलाई रुवाई
कसोगरी उनलाई फेरि म हँसाउने गर्छु
सुनौलो सपनाहरू आँखाभरि म पाउने गर्छु
उनी आउने बिहानीको मिरमिरेमा
म खुसीको किरण पाउने गर्छु
कल्पीकल्पी उनीसँगै म हराउने गर्छु
सुनौलो सपनाहरू आँखाभरि म पाउने गर्छु
हे, हे, हे

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

YAAD

1992 · альбом

1979

1982 · альбом

Похожие исполнители