Kishore Kumar Hits

Prakash Saput - Galbandi текст песни

Исполнитель: Prakash Saput

альбом: Galbandi


हे, ल सुरु गरौँ?
(गरम्, गरम्, गरम्)
हे, भेट भइयो झमक्क साँझमा
राख्छु तिम्लाई (आ-हा) यो दिलको माझमा
गल्बन्दी (हो, हैन हो)
गल्बन्दी च्यातियो तिम्ले तानेर, बोलाउन खोजेको आफ्नै ठानेर
हाय, गल्बन्दी च्यातियो तिम्ले तानेर, बोलाउन खोजेको आफ्नै ठानेर
हाय-हाय, बोलाउन खोजेको आफ्नै ठानेर
खै आएन, हन, देउता मानेनन् के हो?
फकाउन पर्छ कि के हो?
हैन, मन्तर हान्न पर्छ होला
हे, मैले यता मनपेट खोल्नी
ढुङ्गा हो कि? मान्छे हो नबोल्नी?
गल्बन्दी
गल्बन्दी च्यातियो तिम्ले तानेर, बोलाउन खोजेको आफ्नै ठानेर
हाय, गल्बन्दी च्यातियो तिम्ले तानेर, बोलाउन खोजेको आफ्नै ठानेर
हाय-हाय, बोलाउन खोजेको आफ्नै ठानेर
देउता त दह्रै रिसाएछन्, बोलेनन्, खै
खै, यति कर लाउँदा नि न-नगाउने के हो? गाँठे
मुखमा पिँडालु छ क्या हो?
हे, के भनौ खोइ?
हे, गाइदेऊ गीत किन भाउ खाकी छौ?
कि त मुखमा पिँडालु राखिछौ?
गल्बन्दी
गल्बन्दी च्यातियो तिम्ले तानेर, बोलाउन खोजेको आफ्नै ठानेर
हाय, गल्बन्दी च्यातियो तिम्ले तानेर, बोलाउन खोजेको आफ्नै ठानेर
हाय-हाय, बोलाउन खोजेको आफ्नै ठानेर
केटाले फकाउन नसकेजस्तो छ है
ह्या, गाउँदिन म
हे, भो-भो कान्छा नगर आस मेरो
त्यो दिलमा हुँदैन बास मेरो
पछ्यौरी (बल्ल खा)
पछ्यौरी च्यातियो तिम्ले तानेर, फसाउन नखोज सोझी ठानेर
हा, पछ्यौरी च्यातियो तिम्ले तानेर, फसाउन नखोज सोझी ठानेर
हाय-हाय, फसाउन नखोज सोझी ठानेर
ढिलो आयो, कडा आयो, ल
ल है, केटाको इज्जत राख सोचेर
हे, यता सुन
तीनतले घर, सुनैको अम्ठी छ
भन ममा के चिजको कम्ती छ?
गल्बन्दी
गल्बन्दी च्यातियो तिम्ले तानेर, बोलाउन खोजेको आफ्नै ठानेर
हाय, गल्बन्दी च्यातियो तिम्ले तानेर, बोलाउन खोजेको आफ्नै ठानेर
हाय-हाय, बोलाउन खोजेको आफ्नै ठानेर
तीनतले घर त देखियो, खै, औँठी हेरौँ त
गफ पनि अल्ली पत्याउने लाउनू नि
हे, नलाऊ फुर्ती सुनचाँदी, धनैको
तिमी राम्रो छैनौ रे मनैको
पछ्यौरी
पछ्यौरी च्यातियो तिम्ले तानेर, फसाउन नखोज सोझी ठानेर
हा, पछ्यौरी च्यातियो तिम्ले तानेर, फसाउन नखोज सोझी ठानेर
हाय-हाय, फसाउन नखोज सोझी ठानेर
के चित्त बुझ्नी भनिस् नि
मनकै राम्रो नभए त्यो जाबो धन के काम?
अँ, हो नि त
हे, मनको सफा रूपको नि ठीकै
अन्त कहाँ पाउली म जत्तिकै?
गल्बन्दी
गल्बन्दी च्यातियो तिम्ले तानेर, बोलाउन खोजेको आफ्नै ठानेर
हाय, गल्बन्दी च्यातियो तिम्ले तानेर, बोलाउन खोजेको आफ्नै ठानेर
हाय-हाय, बोलाउन खोजेको आफ्नै ठानेर
यस्तो केटो जति नि पाइन्छन्
खुट्टा भए जुत्ता कति नि पाइन्छ
त्यस्तो भनेर काँ हुन्छ
मन परेको जुत्ता पो जुत्ता, नत्र खालिखुट्टै ठीक छ
हा, राम्री देखे नजरले हान्छौ
आफूजस्तो कोइ छैन भन्ठान्छौ
पछ्यौरी
पछ्यौरी च्यातियो तिम्ले तानेर, फसाउन नखोज सोझी ठानेर
हा, पछ्यौरी च्यातियो तिम्ले तानेर, फसाउन नखोज सोझी ठानेर
हाय-हाय, फसाउन नखोज सोझी ठानेर
हेपिस् क्या हो मेरो छोरालाई
गीतमा हेप्न पाइन्छ
हो त नि
पादिस् क्या हो
हल्का ग्यास्ट्रिक
उज्जा, मुरदार
चूप लाग, को हो?
हा, राम्रो मान्छे भेटाउली जहाँ नि
भेटाउँदिनौ मैलेझैँ चाहनी
गल्बन्दी
गल्बन्दी च्यातियो तिम्ले तानेर, बोलाउन खोजेको आफ्नै ठानेर
हाय, गल्बन्दी च्यातियो तिम्ले तानेर, बोलाउन खोजेको आफ्नै ठानेर
हाय-हाय, बोलाउन खोजेको आफ्नै ठानेर
केटोले साँच्चै मनपराए जस्तो छ
आज फकाएरै छोड्नी भो
हा-हा, मीठो बोल्यौ पगाल्यौ मन त
कति माया गर्छौ र भन त?
पछ्यौरी
पछ्यौरी च्यातियो तिम्ले तानेर, फसाउन नखोज सोझी ठानेर
हा, पछ्यौरी च्यातियो तिम्ले तानेर, फसाउन नखोज सोझी ठानेर
हाय-हाय, फसाउन नखोज सोझी ठानेर
"कति माया गर्छस्?" भनेपछि मन पग्लियो
आज माया बस्ला जस्तो छ
यहाँ कोइकोइको माया बसिसक्यो
हे, मुनामदन पढ्या छौ?
हे, कस्ता थिए मदन र मुना?
गर्छु माया त्यो भन्दा दुईगुना
गल्बन्दी
गल्बन्दी च्यातियो तिम्ले तानेर, बोलाउन खोजेको आफ्नै ठानेर
हाय, गल्बन्दी च्यातियो तिम्ले तानेर, बोलाउन खोजेको आफ्नै ठानेर
हाय-हाय, बोलाउन खोजेको आफ्नै ठानेर
जानेछ केटोले, फिलिम धेरै हेर्छ के रे
अब त मान्न पर्यो, उज्यालो हुन लायो
हा, सोचे हौला सजिलै मान्छ
कुन फिलिमको dialogue हो, ए कान्छा?
पछ्यौरी
पछ्यौरी च्यातियो तिम्ले तानेर, फसाउन नखोज सोझी ठानेर
हा, पछ्यौरी च्यातियो तिम्ले तानेर, फसाउन नखोज सोझी ठानेर
हाय-हाय, फसाउन नखोज सोझी ठानेर
लौ, न्यूँ खोज्ने बाटो भो
कुरा मिल्ला जस्तो छैन
म त भोलि जोत्नु छ, हिँडेँ
हे, पत्याउँदैनौ?
न किताबको, न त चलचित्रको
साँचो बोल्छु यो मुटुभित्रको
गल्बन्दी
गल्बन्दी च्यातियो तिम्ले तानेर, बोलाउन खोजेको आफ्नै ठानेर
हाय, गल्बन्दी च्यातियो तिम्ले तानेर, बोलाउन खोजेको आफ्नै ठानेर
हाय-हाय, बोलाउन खोजेको आफ्नै ठानेर
सकम् अब उज्यालो हुन लायो
भाले बास्न लायो अब
हे, गाउँदागाउँदै आज रात बित्यो
मिर्मिरेमा मायाले मन जित्यो
पछ्यौरी
पछ्यौरी च्यातियो तिम्ले तानेर, फसाउन नखोज सोझी ठानेर
हाय, पछ्यौरी च्यातियो तिम्ले तानेर, फसाउन नखोज सोझी ठानेर
हाय-हाय, फसाउन नखोज सोझी ठानेर

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Похожие исполнители