मलाई जस्तो तिमीलाई भयो कि भएन हाम्रो पहिलो भेट पछि? हरक्षण तिम्रै यादले तड्पिन्छ यो मन तिमीलाई त्यस्तो हुन्छ, हुँदैन? हुन्छ भने, मायालु, चाँडै नै भेटौँ न माया भन्ने नै कस्तो रहेछ अलिअलि मन दुख्दो रहेछ त्यस्तो तिमीलाई पनि हुन्छ भने, मायालु सारा बन्धन तोडी आऊ न मेरा हर धड्कन अब तिम्रै नाउँमा धड्किन्छ तिमी नै हौ मेरो बाँच्ने बहाना जिन्दगीको, तिमी नै संसार मेरो सक्दिन तिमीबिना बाँच्न अब एकै पल भुलेर तिमीलाई यहाँ तिमीलाई पनि त्यस्तै लाग्छ भने, मायालु सारा बन्धन तोडी आऊ न मलाई जस्तो तिमीलाई भयो कि भएन हाम्रो पहिलो भेट पछि?