Kishore Kumar Hits

KANDARA - Chandra Kot Ki Nani текст песни

Исполнитель: KANDARA

альбом: Bhedi Gothaima


हो, कस्तो ठाउँमा आइयो, ङोलो? उनकै लाग्यो आस
भोलि पनि बस्ने हो कि यही गाउँमा बास?

राता गाला, लजाइरहनी, औँला टोक्नी बानी
हो, राता गाला, लजाइरहनी, औँला टोक्नी बानी
पानी माग्दा नि मोही दिने चन्द्रकोटकी नानी
पानी माग्दा नि मोही दिने चन्द्रकोटकी नानी
चन्द्रकोटकी नानी

पारि डाँडा बादलुले ढाक्यो उनको गाउँ
कस्तो होला उनको बोली? के होला नि नाउँ?
पारि डाँडा बादलुले ढाक्यो उनको गाउँ
कस्तो होला उनको बोली? के होला नि नाउँ?
तल पर्यो बिरे ठाँटी मोदी किनारैमा
कसम, ङोलो, के पो बस्यो मेरो हियारमा, मेरो हियारमा
राता गाला, लजाइरहनी, औँला टोक्नी बानी
पानी माग्दा नि मोही दिने चन्द्रकोटकी नानी
चन्द्रकोटकी नानी

कस्तो ठाउँमा आइयो, ङोलो? उनकै लाग्यो आस
भोलि पनि बस्ने हो कि यही गाउँमा बास?
कस्तो ठाउँमा आइयो, ङोलो? उनकै लाग्यो आस
भोलि पनि बस्ने हो कि यही गाउँमा बास?
Hotel Nirvana अघि चौतारीमा पीपलबोट
माछापुछ्रे शिरमा अनि तानचाेका लाली ओठ, तानचाेका लाली ओठ
राता गाला, लजाइरहनी, औँला टोक्नी बानी
हो, राता गाला, लजाइरहनी, औँला टोक्नी बानी
पानी माग्दा नि मोही दिने चन्द्रकोटकी नानी
चन्द्रकोटकी नानी
चन्द्रकोटकी नानी
चन्द्रकोटकी नानी

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Похожие исполнители