Kishore Kumar Hits

Yash Kumar - Sikkime Nani текст песни

Исполнитель: Yash Kumar

альбом: Narune Aakha Haru


शीतल, शीतल छायामा
खै, के-के हुने हो मायामा?
खै, के-के हुने हो मायामा?

सररर हावाले मनै उडायो
सिक्किमे नानीले मनै भुलायो
सररर हावाले मनै उडायो
सिक्किमे नानीले मनै भुलायो
छाँगो तालैमा
हो, छाँगो तालैमा, परेँ क्यारे मायालुको मायाजालैमा
हे, छाँगो तालैमा, परेँ क्यारे मायालुको मायाजालैमा

कालो लामो केश उनको, निधारमा टीका
जूनसँग दाँजी हेरेँ, जून पाएँ फिक्का
ए, कालो लामो केश उनको, निधारमा टीका
जूनसँग दाँजी हेरेँ, जून पाएँ फिक्का
आ-है, पाल्पाली ठिटोले अच्चमै गर्यो नि
लौन, मोहनी बोल्यो नि
आ-है, सिक्किमे नानीले बल्ल मन खोलिन् नि
लौन, क्या मिठो बोलिन् नि

हिजोसम्म लागिरह्यो ठाउँ यो बिरानो भो
हाँसेर बोल्यो तिम्ले, लाग्यो नाता पुरानो हो
हो, हिजोसम्म लागिरह्यो ठाउँ यो बिरानो भो
हाँसेर बोल्यो तिम्ले, लाग्यो नाता पुरानो हो
आ-है, पाल्पाली ठिटोले यो मन चोर्यो नि
लौन, अब के गरूँ नि?
आ-है, मेचीमा सिमाना, यो ज्यान तिम्रै हो, सुर्ता नमान
यो ज्यान तिम्रै हो, सुर्ता नमान
सररर हावाले मनै उडायो
सिक्किमे नानीले मनै भुलायो
हे, सररर हावाले मनै उडायो
सिक्किमे नानीले मनै भुलायो
छाँगो तालैमा
हो, छाँगो तालैमा, परेँ क्यारे मायालुको मायाजालैमा
हे, छाँगो तालैमा, परेँ क्यारे मायालुको मायाजालैमा
ओ, परेँ क्यारे मायालुको मायाजालैमा
ओ, परेँ क्यारे मायालुको मायाजालैमा
ओ, परेँ क्यारे मायालुको मायाजालैमा
ओ, परेँ क्यारे मायालुको मायाजालैमा

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Похожие исполнители