Kishore Kumar Hits

Yash Kumar - Bola Bola Pakhaharu текст песни

Исполнитель: Yash Kumar

альбом: Tshering (Original Motion Picture Soundtrack)


बोल, बोल, पाखाहरू, हिउँ फुल्ने काखहरू
बोल, बोल, पाखाहरू, हिउँ फुल्ने काखहरू
किन होला हिजोआज बाटो छेक्छन् आँखाहरू?
आँखाहरू, ओ-हो-हो, आँखाहरू
बतासमा उडी जान पाए पनि हुन्थ्यो
बादलको घुम्टोभित्र लुक्न पाए हुन्थ्यो
हो-हो, हो-हो, हो-हो-हो
बतासमा उडी जान पाए पनि हुन्थ्यो
बादलको घुम्टोभित्र लुक्न पाए हुन्थ्यो
आफू हुन्छु एकातिर, अन्तै जान्छ मन
नौलो लाग्छ किन आज आफ्नै रनबन? हो
बोल, बोल
पैँचो मागौँ जस्तो लाग्छ गुराँसको लाली
कहिलेदेखि आयो ममा लाज लाग्ने बानी
हो-हो, हो-हो, हो-हो
पैँचो मागौँ जस्तो लाग्छ गुराँसको लाली
कहिलेदेखि आयो ममा लाज लाग्ने बानी
के हुन हो हिजोआज झनझनाउँछ तन?
बितेछ कि भन, साथी, मेरो बालापन
बोल, बोल

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Похожие исполнители