परदेशको हावाले छोई सकेछ उड्न पनि उस्तै आउन्न गाठे! पिरतीको सम्झनामा पागल भइसके ओठ खोलि उनकै नाम पुकारे यो तारालाई हेर्छु, कि त गीतहरु सुन्छु अनि एकैछिनमा तिमी सम्झी आफै मुस्कुराउँछु खै किन, खै किन, खै किन! सकिएन, सक्दिन तिमी बिना तर यो चिसो बतासले मेरो मुटु झकझकाउदा तिम्रो न्यानो अंगालोलाई सम्झिए "तिमी ठिकै त छौ नि?" भनि सोद्धा तिमीले आँखाभरी आँशु लिई "ठिकै छु!" भन्दिए तर माया तिमीबिना को जिन्दगी त सात जुनी नि बिताउन नपरोस फर्किएर आउछु भन्ने आशा तिम्रो आजभोलि नै मरोस, आजभोलि नै मरोस चुम्दा त्यो ओठ तिम्रो, मुटु पग्लिने अंगालोले झनै ज्यानै लइदिने सिथिल चाल तिम्रो याद आयो प्रिय तर यो साल अलि यतै अल्झिए यो सुर्यास्थ हेर्छु टोलाउछु-मुस्कुराउछ फेरी एकैछिनमा तिमी सम्झी डाको छोडी रुन्छु खै किन, खै किन, खै किन! सकिएन, सक्दिन तिमी बिना तर यो भयानक झरी ओर्ली गड्याङ्ग-गुड्डङ्ग गर्दा तिमी डराएर अंगालोमा आउथ्यौ सम्झी तिम्रो केशलाई सुम्सुम्याइ सिर मुटु छेउ राखी नडराउ केहि हुन्न भन्थिए तर माया तिमीबिना को जिन्दगी त सात जुनी नि बिताउन नपरोस फर्किएर आउछु भन्ने आशा तिम्रो आजभोलि नै मरोस, आजभोलि नै मरोस वो... वो... ओ वो... वो... ओ वो... वो... ओ वो... वो... ओ, माया वो... वो... ओ, माया वो... वो... ओ तर माया तिमीबिना को जिन्दगी त सात जुनी नि बिताउन नपरोस फर्किएर आउछु भन्ने आशा तिम्रो आजभोलि नै मरोस, आजभोलि नै मरोस