Kishore Kumar Hits

Sunil Bardewa - Karma Ko Dosh текст песни

Исполнитель: Sunil Bardewa

альбом: Best of Sunil Bardewa


कर्मको दोष हैन, भाग्य खोटो रहेछ
बुझ्नै कठिन जिन्दगी यो, अदृश्य फोटो रैछ
बुझ्नै कठिन जिन्दगी यो, अदृश्य फोटो रैछ
कर्मको दोष हैन, भाग्य खोटो रहेछ

दशाले किन सधैँ मलाई जानीजानी सताउँछ?
चन्द्रमा देब्रे भएर किन सधैँ, सधैँ मलाई सताउँछ?
दशाले किन जानीजानी सधैँ मलाई सताउँछ?
चन्द्रमा देब्रे भएर किन सधैँ, सधैँ मलाई सताउँछ?
आत्मविश्वास भए पनि मन साङ्ग्रिँदो रहेछ

देब्रे आँखा फरफराउने कस्तो रोग हो यो?
काग रुन्छ बिहानीमा, कस्तो जोग हो यो?
देब्रे आँखा फरफराउने कस्तो रोग हो यो?
काग रुन्छ बिहानीमा, कस्तो जोग हो यो?
इच्छा र रुचिसँगै खुशी टाढा हुँदो रैछ
बुझ्नै कठिन जिन्दगी यो, अदृश्य फोटो रैछ
बुझ्नै कठिन जिन्दगी यो, अदृश्य फोटो रैछ
कर्मको दोष हैन, भाग्य खोटो रहेछ

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Похожие исполнители