प्रेमको मूल्य मलाई नसोध, यो तिमीले दिएको उपहार भएछ आफ्नै आत्मालाई नढाँटी सोध आफ्नै आत्मालाई नढाँटी सोध यसको मूल्य के रहेछ यसको मूल्य के रहेछ ♪ सिसा रहेछु म पत्थरसँग ठक्कर खाने छाल बनेछु म समुन्द्रको किनारालाई अँगाल्ने सिसा रहेछु म पत्थरसँग ठक्कर खाने छाल बनेछु म समुन्द्रको किनारालाई अँगाल्ने ओ-हो-हो, ओ-हो-हो ओ-हो-हो, ओ-हो-हो आँसुको मूल्य मलाई नसोध, यो तिमीले दिएको चिनो भएछ आफ्नै आत्मालाई नढाँटी सोध आफ्नै आत्मालाई नढाँटी सोध यसको मूल्य के रहेछ यसको मूल्य के रहेछ ♪ अन्यौलमा परिरहेछन् मेरा जीवनका लक्ष्यहरू अँध्यारोतिर बढिरहेछन् मेरा जीवनका किरणहरू अन्यौलमा परिरहेछन् मेरा जीवनका लक्ष्यहरू अँध्यारोतिर बढिरहेछन् मेरा जीवनका किरणहरू ओ-हो-हो, ओ-हो-हो हो, हो, ओ-हो-हो चोटको मूल्य मलाई नसोध, यो तिमीले दिएको दाग भएछ आफ्नै आत्मालाई नढाँटी सोध आफ्नै आत्मालाई नढाँटी सोध यसको मूल्य के रहेछ यसको मूल्य के रहेछ यसको मूल्य के रहेछ