Kishore Kumar Hits

Prakash Shrestha - Bhanchhan Prem текст песни

Исполнитель: Prakash Shrestha

альбом: Gahiraima Dubdai Naduba


भन्छन् प्रेम धोका हो, मायाजालको पोका हो
भन्छन् प्रेम धोका हो, मायाजालको पोका हो
तिमीलाई देख्दा लाग्दछ बतासको झोक्का हो
तिमीलाई देख्दा लाग्दछ बतासको झोक्का हो
भन्छन् प्रेम धोका हो, मायाजालको पोका हो

आकाशको जूनझैँ चम्केर यो मन अँध्यारो पारिदियौ
आकाशको जूनझैँ चम्केर यो मन अँध्यारो पारिदियौ
रातभरि निन्द्रा नलाग्ने कस्तो रोग सारिदियौ?
भन्छन् प्रेम धोका हो, मायाजालको पोका हो

धेरै साँझ, धेरै बिहान पर्खेँ तिमीलाई खोजीखोजी
धेरै साँझ, धेरै बिहान पर्खेँ तिमीलाई खोजीखोजी
लामो-लामो जीवन काटेँ तिम्रो माया रोजीरोजी
भन्छन् प्रेम धोका हो, मायाजालको पोका हो

धेरै खोजेँ तर पाइन, तिमी बिलायौ सपनाजस्तै
धेरै खोजेँ तर पाइन, तिमी बिलायौ सपनाजस्तै
आशाको धागो छिनाली तिमी चुँडियौ चङ्गाजस्तै
भन्छन् प्रेम धोका हो, मायाजालको पोका हो
तिमीलाई देख्दा लाग्दछ बतासको झोक्का हो
तिमीलाई देख्दा लाग्दछ बतासको झोक्का हो
भन्छन् प्रेम धोका हो, मायाजालको पोका हो

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Похожие исполнители