Kishore Kumar Hits

Gopal Yonjan - Bhok Lagyo текст песни

Исполнитель: Gopal Yonjan

альбом: Chyangba Ho Chyangba


ए, हा
भोक लाग्यो भने भात खाउँला (लस्)
तिर्खामा लागे मही खाउँला (लस्)
थकाइ लागे बसौँला (लस्)
ए, जाडोमा लागे माड खाउँला (लस्)
बैँसमा लागे कान्छीको पाखुरी समाई लैजाउँला (आम्मैले हो, च्याङ्बा!)
दारीमा जुँगा के फुल्यो, च्याङ्बाको बुद्धि आएन
भैँसीले पराल खाएन, ए, च्याङ्बाले अर्थ लाएन
हाम्रो त केटा अर्कै छ, च्याङ्बाले थाहै पाएन

ए, डेम्फुको तालमा नाचेर, ए, ३३ कोटी पुजाउँछ
ए, रुवाउनेलाई हँसाउँछ, ए, हँसाउनेलाई रुवाउँछ (भोलि के गर्छ हो, च्याङ्बा?)
बैमानी देखे भगाउँछ, तरुनी देखे फकाउँछ है
तिमी है जस्तो कान्छीलाई म डेम्फु नै माथि नचाउँछ

वरलाई पीपल चाहिन्छ (चाहिन्छ), हे, देवीलाई देउता चाहिन्छ (चाहिन्छ)
हे, सबैलाई आफ्नो दौँतरी, ए, जोडीमा एउटा चाहिन्छ (चाहिन्छ, चाहिन्छ)
हामीलाई पनि मन मिल्ने, तन पनि मिल्ने चाहिन्छ
तिमी है जस्तो काँचको होइन, हीराको जोबन चाहिन्छ (आम्मैले हे!)
भोक लाग्यो भने भात खाउँला, तिर्खामा लागे मही खाउँला
थकाइ लागे बसौँला, ए, जाडोमा लागे माड खाउँला
बैँसमा लागे कान्छीको पाखुरी समाई लैजाउँला (आम्मैले हो, च्याङ्बा!)
पाखुरी समाई लैजाउँला, ओइ, पाखुरी समाई लैजाउँला

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Похожие исполнители