Kishore Kumar Hits

Ram Thapa - Dhankuta Jyanko текст песни

Исполнитель: Ram Thapa

альбом: Thokna Madal Thok


धनकुटा जानेको त्यो ठाडो बजार
बिहिबारै हाट लाग्ने, बिहिबारै हाट लाग्ने
मेरी माया, बिहिबारै हाट लाग्ने
फकाउँदा खेरि मन्दिनौ मैया
भगाउँ त बात लाग्ने, भगाउँ त बात लाग्ने
मेरी माया, भगाउँ त बात लाग्ने
पहाडमा बस्ने पहाडी हामी
जालझेल जान्दैन, जालझेल जान्दैन
मेरी माया, जालझेल जान्दैन
छेत र चित्त त नमिलेसम्म
कसैलाई लाँदैन, कसैलाई लाँदैन
मेरी माया, कसैलाई लाँदैन
काठमाडौँ जानेको घुमाउरो बाटो
कुल्लीले खनेको, कुल्लीले खनेको
मेरी माया, कुल्लीले खनेको
लहरेबोडी, हाम्रो दुई जोडी
भेट गर्न बनेको, भेट गर्न बनेको
मेरी माया, भेट गर्न बनेको
कोदारी जानेको तातो है पानी
नेपालको सिमाना, नेपालको सिमाना
मेरी माया, नेपालको सिमाना
तिम्रो र हाम्रो मन मिल्यो भने
के गर्छ जमाना? के गर्छ जमाना?
मेरी माया, के गर्छ जमाना?
हातैमा लाउने चालिसेचुरा
कानैमा कानपासा, कानैमा कानपासा
मेरी माया, कानैमा कानपासा
बोलाउँदा खेरि बोल्दिनौ मैया
नबोले झन् खासा, नबोले झन् खासा
मेरी माया, नबोले झन् खासा
सानोमा सानो बेतैको लौरी
गाईभैँसी धपाउँला, गाईभैँसी धपाउँला
मेरी माया, गाईभैँसी धपाउँला
तिमी है जस्ती नक्कली मैया
अर्की नै फकाउँला, अर्की नै फकाउँला
मेरी माया, अर्की नै फकाउँला
अर्की नै फकाउँला, मेरी माया
अर्की नै फकाउँला
अर्की नै फकाउँला, मेरी माया
अर्की नै फकाउँला

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Похожие исполнители