आशा छ तिम्लाई पाउने सपना छ तिम्लाई अङ्गाल्ने तिमी मेरै मनमा छ्यौ तिमी मेरै मनमा छौ ♪ एकदिन यो साँचो हुनेछ कल्पनाले वास्तविकता छुनेछ त्यो दिन नि आउँदैछ त्यो दिन नि आउँदैछ ♪ त्यसलाई साँचो पार्न म लागिपर्दैछु हुन्छ भनेर म अघि बढ्दैछु बेला-बेला म हरेस खानेगर्छु त्यसबेला म तिम्लाई नै सम्झन्छु तिम्रो सम्झनाले मलाई जगाइरहन्छ तिम्लाई पाउने होडमा भगाइरहन्छ तिम्रो सम्झनाले मलाई जगाइरहन्छ तिम्लाई पाउने होडमा भगाइरहन्छ ♪ सपनाहरू साँचो हुँदैछन् साफलताले एकदिन आकाश छुनेछन् म तिम्रै हूँ, तिमी पनि पछि नसर माया हो सधैँलाई तिमी विश्वास गर