Kishore Kumar Hits

Nabin K Bhattarai - Ye Jhari текст песни

Исполнитель: Nabin K Bhattarai

альбом: The Blue


ए झरी नझरीदेऊ यसरी
ए झरी नझरीदेऊ यसरी
एकान्त यो रातमा मलाई पागल गरी
झरीदेऊ तिमी सुस्तरी सुस्तरी
जब हुन्छिन् मेरी मायालु मेरो वरिपरि
ए झरी नझरीदेऊ यसरी

ए मेघ नगर्जिदेऊ यसरी
निन्द्रामा मस्त भएकी मेरी मायालु तर्सने गरी
ए मेघ नगर्जिदेऊ यसरी
निन्द्रामा मस्त भएकी मेरी मायालु तर्सने गरी
गर्जिदेऊ तिमी रातै थर्कने गरी
जब हाँस्छिन् मेरी मायालु मेरो अँगालोमा परी
ए झरी नझरीदेऊ यसरी

ए बिजुली नचम्किदेऊ यसरी
मेरी मायालुको आँखा तिर्मिराउने गरी
ए बिजुली नचम्किदेऊ यसरी
मेरी मायालुको आँखा तिर्मिराउने गरी
चम्किदेऊ न तिमी अन्धकार भाग्ने गरी
मेरी मायालुको हँसिलो अनुहार देखिने गरी
ए झरी नझरीदेऊ यसरी
ए झरी नझरीदेऊ यसरी
एकान्त यो रातमा मलाई पागल गरी
झरीदेऊ तिमी सुस्तरी सुस्तरी
जब हुन्छिन् मेरी मायालु मेरो वरिपरि
ए झरी नझरीदेऊ यसरी

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

NKB

2023 · Мини-альбом

Slok

2022 · альбом

Похожие исполнители