Kishore Kumar Hits

The Axe - Kalajadu текст песни

Исполнитель: The Axe

альбом: Vadaas


सोच हो मान्छेको खै के म जान्दिन
जाल झेल गरेर फकाउन मान्दिन
अनौठो तिम्रो डरलाग्दो हेराइले
मन दुख्छ तिमिलाई अंगाल्दा पराइले
रुपरंग को घमण्ड नगर मसंग
लाटो रिस उठेसी पार्दिउला झसङ्ग
मध्यरातैमा मसान जगाएर
काला जादुको मन्तर ले हानिदिउला
मध्यरातैमा मसान जगाएर
काला जादुको मन्तर ले हानिदिउला
सुनेको कुरा हो मान्छेको जिन्दगी
एकबार को मात्रै हो बुझिदेउ, जानिदेउ
यो सोझो मान्छेले लगाउने माया प्रेम
सोह्रै आना साचो हो निसंकोच मानिदेउ
तिमिमा मरिहत्ते हो कसमै खाइदिउला
तल माथी हुदैन ल्याप्चे नै लाइदिउला
रुपरंग को घमण्ड नगर मसंग
लाटो रिस उठेसी पार्दिउला झसङ्ग
मध्यरातैमा मसान जगाएर
काला जादुको मन्तर ले हानिदिउला
मध्यरातैमा मसान जगाएर
काला जादुको मन्तर ले हानिदिउला
बल्ल बल्ल जीवन मा भित्री मन देखि नै
एकोहोरो पाराले मैले मन पराको
खै किन किन हो धेरै नै भाको त्यो
गाठ्ठी कुरो लाई नै भन्नु पो डराको
जे पर्ला सोही टर्ला भन्दिए ढुक्कै ले
तिमिलाई यो वाचा भो पाल्नेछु सुखै ले
रुपरंग को घमण्ड नगर मसंग
लाटो रिस उठेसी पार्दिउला झसङ्ग
सोच हो मान्छेको खै के म जान्दिन
जाल झेल गरेर फकाउन मान्दिन
अनौठो तिम्रो डरलाग्दो हेराइले
मन दुख्छ तिमिलाई अंगाल्दा पराइले
रुपरंग को घमण्ड नगर मसंग
लाटो रिस उठेसी पार्दिउला झसङ्ग
मध्यरातैमा मसान जगाएर
काला जादुको मन्तर ले हानिदिउला
मध्यरातैमा मसान जगाएर
काला जादुको मन्तर ले हानिदिउला

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Похожие исполнители