चाहना मेरो सधैँ पुग्थ्यो, आज किन हो यति अपूरो? के मेरा इच्छाहरू भए धेरै महँगो? जहाँ-जहाँ मेरा पाइला सर्छन्, सबले त्यहाँ भन्न थाल्छन् के गर्ने? के हुने हो यो मेरो जीवन? "तँ दुःख गर्, आस नगर्" म भन्दिन "तँ प्रयास गर्, आस नगर्" म भन्दिन तँ साँचो बोल्, झूट सहनू म भन्दिन तँ माया गर्, आस नगर् म भन्दिन धेरै सोच्छु, कम म बोल्छु, शायद कहिले अत्ति नै भन्छु तर यी शब्दहरू मेरा मात्र हैनन् जहाँ-जहाँ मेरा पाइला सर्छन्, सबले त्यहाँ भन्न थाल्छन् के हिजो आज, भोलि, सधैँ-सधैँ "तँ दुःख गर्, आस नगर्" म भन्दिन "तँ प्रयास गर्, आस नगर्" म भन्दिन तँ साँचो बोल्, झूट सहनू म भन्दिन तँ माया गर्, आस नगर् म भन्दिन