आज हास्दैछु, भन पागल हो म आफ्नै अस्तित्व गाडिएको खाडल हो म आज भोक र प्यास, अनेकौं रोग र व्याध ले देको आँसुले भरिएको सागर हो म आज हास्दैछु, भन पागल हो म आफ्नै अस्तित्व गाडिएको खाडल हो म आज भोक र प्यास, अनेकौं रोग र व्याध ले देको आँसुले भरिएको सागर हो म केही भन्दैछु मलाई दोषी नसोच लाग्छ सञ्चै छु, मेरो मुटुमा छ रोग आज अन्तै छु मलाई भीडमा नखोज यतै रम्दैछु मेरो बारे केही नसोध म त जितको खोजी गर्न कतिपटक हारिरहे रित्तो गोजी हुँदा साथीभाइ नी टाढी गए निभ्दो ज्योती कालो अन्धकार लाई भारी भए चिप्लो सोची मेरो बाटो देखी पारी सरे धेरैले गाली गरे, म माथि लागि परे जाल बुनिन तर सबैले जाली भने चोट लुकाई बाध्यताले हासिराछु आज बगाउथे खोला दुःख रोएर जानी भए यस्तै रहेछ जिन्दगीको भिर पाखा हरु सपनाको भोगी, अनिदो मेरो आँखा हरु अर्थ नबुझी गासेका सम्बन्ध र नाताहरु आफ्नै छैन विश्वास ल भन कसको आशा गरु आज हास्दैछु, भन पागल हो म आफ्नै अस्तित्व गाडिएको खाडल हो म आज भोक र प्यास, अनेकौं रोग र व्याध ले देको आँसुले भरिएको सागर हो म आज हास्दैछु, भन पागल हो म आफ्नै अस्तित्व गाडिएको खाडल हो म आज भोक र प्यास, अनेकौं रोग र व्याध ले देको आँसुले भरिएको सागर हो म सोचेर बस्दैछु कसरी काट्ने जीवन मानिस त स्वाभाविक, मानवताको भो निधन यहाँ कसले भन्यो उडी चन्द्र छुँदा तिम्रो जीत छ यो जिन्दगी त केही क्षणको हिँडदा हिँड्दै बितछ सोझो छु म पत्याईहाल्छु तिमीले ढाटेपनी तर नी गर्छु यदि भित्री मनले आँटे भनी बितेको समय सब राहु कालले ढाकेपछी त्यसैले आँखा छोपी धेरै टाढा भागे म नी यी शब्द लेख्न हेर आज निकै बाध्य छु म लामो छ कहानी त्यो देवकोटा को काव्य हु म डराको हैन तरपनि निकै आत्तेछु म सम्झिदा आँसु झर्ने वीरेन्द्रको राज्य हु म जिन्दगी नालापानी भए म चाँही बलभद्र मार्दिन्छु भाला हानि शत्रु सबै अलपत्र म कुनै राम हैन कलियुगमा बन पस्न सीमा भन्दा बाहिर गई उफ्रिने नै तल खस्छ सपना छ र प्रष्ट आँखाको आँगन भरी के लाउनु मायाँ ढुङ्गा जस्तो भयो मन पनी के बन्थ्यो महल त्यो हावा माथि जग खनी हो त्यसैले रुन्छ धर्ती देखदा गगन पनी र सेतो मनले कोर्दा पनि बन्यो मैलो चित्र समय ढल्कियो तर घाम लागेन घैटो भित्र सकेको थिइन् मैले मागी खाने थैलो किन्न बन्द थियो झ्याल ढोका गाह्रो पर्यो दैलो चिन्न आज हास्दैछु, भन पागल हो म आफ्नै अस्तित्व गाडिएको खाडल हो म आज भोक र प्यास, अनेकौं रोग र व्याध ले देको आँसुले भरिएको सागर हो म आज हास्दैछु, भन पागल हो म आफ्नै अस्तित्व गाडिएको खाडल हो म आज भोक र प्यास, अनेकौं रोग र व्याध ले देको आँसुले भरिएको सागर हो म अनौठो सपना देख्छु सुत्ने बेला आधी रातमा अनेकौं प्रश्न उठ्छ दैव तिमीले ढाटीराख्दा आँफैलाई साक्षी मानी हात जोडी माफी माग्दा कसरी ठोक्न पुग्यौँ विद्रोहको काटी हातमा बोकेर बासी आत्मा भौतारिन्छु पागल सरी उठ्दैछु आकाश माथि, भावना त्यो बादल भरी नाच्न त आउदैन तर बाङ्गो भयो आँगन पनि हो त्यसैले हारीराछु रामायणमा रावण सरी म बस्ने समाज भित्र गरे थुप्रै परिक्रमा यी शब्द हुन जो दाग देख्दा तिम्रो चरित्र मा गरेथे परिश्रम बजारेर पाखुरा लाई नसोध जीवन के हो जा बिनाको माकुरा लाई म फुल बोकी हिँड्छु पैतालामा काँडा राखी म आँसु मुछ्ने गर्छु मैले खाने खाजा माथी म खुसी कहिले हुन्न आफ्नो सँग नाता गासी जसलाई राखे मनभित्र छोडी गयो डाँडा काटी के कुरा गर्नु यहाँ हाडी गाउँको जात्राको नढाँटी भन्दा छैन कसैलाई हात लाको एक्लै छ हिड्ने बाटो छैन कोहीको साथ पाको र यो कुनै गीत हैन, गुनासो हो आत्माको आज हास्दैछु, भन पागल हो म आफ्नै अस्तित्व गाडिएको खाडल हो म आज भोक र प्यास, अनेकौं रोग र व्याध ले देको आँसुले भरिएको सागर हो म आज हास्दैछु, भन पागल हो म आफ्नै अस्तित्व गाडिएको खाडल हो म आज भोक र प्यास, अनेकौं रोग र व्याध ले देको आँसुले भरिएको सागर हो म