समय देउ न आज धेरै कुरा भन्न मन छ मातिन्छ मुख जब भोको पेट्मा अन्न पर्छ यता यो धर्म भन्छ अन्तर्मनले कर्म गर्न फेरि तेइ बाटोमा भेट्छु मान्छे तयार रङ बदल्न आमाले भन्थिन बरु गरेर नखा तर जिन्दगी लाई बुझ्नु अघि मरेर नजा पात्र हामी नै हो अर्थ हुन्न पढेर कथा फेरि संगै अघि बढौ, छैन लडेर मजा तर आउदैन नि कहिले पनि भनेर दशा जीवन निभ्छ दियो जस्तै एकदिन बलेर धजा यात्रा चिताबाट खसेको खरानीको झै भाछ थाहा छैन आफै जादैछु म बगेर कता त्यै नि खोजिरहेछु शान्ती, आत्माले छैन पाको देखेर जात्रा यो हाडिगाउको कहि नभाको धेरै छन टाढा मतलब थोरैलाइ रैछ खाचो कमजोरी मुटुमा हो छैन हातमा दही जमाको बन्द छन ढोकाहरु, खुलाउने खै त साचो आमा छिन घरमा देवि, तिम्ले पुज्ने दैव कहाँ को? नाङ्गै थ्यो खुट्टा मेरो, त्यै माथी म पैदल आको हो त्यसैले बाकी छ निकाल्न काडा पैतालाको के गर्नु सम्बोधन? यी साइनोहरु बासी छ कठोर छ रे सबको मन, पाउन्न होला माफी त कोसिस गर्छु सक्दो झन, हुदैन केही हासिल म परौ यहाँ कसको भर? जो देख्छु त्यै पापी छ के गर्नु सम्बोधन? यी साइनोहरु बासी छ कठोर छ रे सबको मन, पाउन्न होला माफी त कोसिस गर्छु सक्दो झन, हुदैन केही हासिल म परौ यहाँ कसको भर? जो देख्छु त्यै पापी छ यो कुनै घाउ हैन मलम पट्टी हुने एउटा याद थियो जसलाई मैले जबर्जस्ती भुले मर्यो सपना सम्झनामा अगरबत्ती उडे कारण यही हो मैले नदिनुको वचन धर्ती छुने अनि समाजको भित्री मैलो चलन पनि बुझे लेख्दा यिनकै बिरुद्धमा मेरा कलम कति टुटे संगत ले बिगार्छ मान्छे कसले भन्यो तिमिलाइ मित्र हिजो हिलोमा बाचे नि आज कमल बनी फुले मैले गुमाए धेरै तर माग्दिन म क्षतिपूर्ति आफ्नालाइ सम्हाल्ने, म संग छैन त्यति बुद्धि दु:ख लाई मोठ्न खोज्दा अभागिको ठेकी फुट्नी समय साथ भाको भए आउने थिइन यति मुनि अस्ताउछु एकदिन जसरी साझमा घाम डुब्छ आमा छिन खुशी बाकी दुनियाँको बाल हुन्न आखामा सागर बोकि खोज्दै रैछु ताल तुन्न आशा छ कि, आउने छौ म मर्दाको दिन हाल बुझ्न थाके ती काडाहरु खोप्छ आज फुलले दुई पैसाको कमाइ छैन जिन्दगिको के नै मूल्य ठुला सपना बुन्ने मेरो हातमा लाग्यो शून्य त्यसैले त छोडिसके लक्ष्य बोक्न गगन चुम्ने पैसा भनिने त्यो कागज माथी यो लोभ र लालच जसमा छ तिम्रो तागत भोलि बन्छ त्यहीँ नै घातक भन कसको हेर्दै हासम? देखिराछु सबको नाटक मुसलधारे पानी जस्तै मनमा परेको छ आपत के गर्नु सम्बोधन? यी साइनोहरु बासी छ कठोर छ रे सबको मन, पाउन्न होला माफी त कोसिस गर्छु सक्दो झन, हुदैन केही हासिल म परौ यहाँ कसको भर? जो देख्छु त्यै पापी छ के गर्नु सम्बोधन? यी साइनोहरु बासी छ कठोर छ रे सबको मन, पाउन्न होला माफी त कोसिस गर्छु सक्दो झन, हुदैन केही हासिल म परौ यहाँ कसको भर? जो देख्छु त्यै पापी छ आखिर के रैछ जीवन त्यो मृत्यु भन्दा अगाडि दुई भारी दाउरा संगै ठडिनेछ समाधी एक काटी सलाइ अनि १०० जना मलामी माटोमा मिल्छ जवानी, घमण्ड तिम्रो खरानी दु:खलाई सम्हालेर राख्ने ठाउँ नहुदा मैले धेरै सोधे, हाम्रो दिन कहिले आउँछ बुवा? भन्नू हुन्थ्यो नगर बार्तालाप, कर्म माथी आस्था राख आखिर जसलाई प्यास लाग्छ त्यही धाउछ कुवा प्रेमिका, परिवार म कस्को डोरि समातु? संगीत लाई नै अंगालु कि भविष्यलाई सम्हालु? हास्न खोज्दा भन्छन यस्को पाउ छैन भुइँमा तर किलो-किलो दु:ख मनमा, जोख्ने छैन तराजु धाक नै बेसि हुन्छ कुराहरु साचो राख्दा दुखी म छैन आफन्तको घरमा साचो लाग्दा समय हेर्न भनी घडी त लाको हातमा भाग्यलाइ दोष दिए बिरालुले बाटो काट्दा कसलाइ के भन्नू खासमा समाज नै दोषी हो चेतनाको खोप दिए किन चाइन्थ्यो polio रिसराग, घमण्ड हैन ईख राख्न पर्छ तर सुन कै थाली पाउँदा पनि माग्ने तिमी जोगि हो खियाउछु हत्केला म, आफै बन्छु भाग्यमानी पसिनाले जे आउँछ त्यो लेख्या हुन्न भाग्यमा नी हिड्दैछु भोगेका ती घट्ना हरुलाइ भाग्य मानी जे लेख्छ भाग्यमा त्यो फिर्ता आउँछ भागे म नी के गर्नु सम्बोधन? यी साइनोहरु बासी छ कठोर छ रे सबको मन, पाउन्न होला माफी त कोसिस गर्छु सक्दो झन, हुदैन केही हासिल म परौ यहाँ कसको भर? जो देख्छु त्यै पापी छ के गर्नु सम्बोधन? यी साइनोहरु बासी छ कठोर छ रे सबको मन, पाउन्न होला माफी त कोसिस गर्छु सक्दो झन, हुदैन केही हासिल म परौ यहाँ कसको भर? जो देख्छु त्यै पापी छ