तरेर गयौ समुद्रपारि, फर्कन्छौ, फर्कन्नौ
तरेर गयौ समुद्रपारि, फर्कन्छौ, फर्कन्नौ
लिएर हिँडेँ मुटुभरि याद, बिर्सिउँ म कसरी
सम्झेर सधैँ चस्कन्छ मुटु, रुवाउँछ बेसरी
हो, टाढाटाढा, टाढा मायाको दुरी
हो, बुझिदेऊ न प्रिय मेरो मजबुरि
टाढाटाढा, टाढा मायाको दुरी
बुझिदेऊ न प्रिय मेरो मजबुरि
अर्काको देशमा, बिरानो ठाउँमा के गरी बस्दै छौ?
देशको माया, माटोको याद आउँछ कि भुल्दै छौ?
रहर हैन, बाध्यता मेरो परदेशमा बस्नलाई
चाहेर पनि सक्दिनँ भुल्न प्यारो यो देशलाई
हो, टाढाटाढा, टाढा मायाको दुरी
हो, बुझिदेऊ न प्रिय मेरो मजबुरि
टाढाटाढा, टाढा मायाको दुरी
बुझिदेऊ न प्रिय मेरो मजबुरि
पराईको देश, कस्तो छ तिम्लाई? देखेथेँ सपना
डराउँछ मन, काम्दै छ मुटु, ठिक छैन जमाना
हो, नलिनु पिर बगाउँदै आँसु, अहिले त ठिकै छ
कहाँ छ शान्ति? अशुभो मान्छे, संसारै यस्तै छ
हो, टाढाटाढा, टाढा मायाको दुरी
हो, बुझिदेऊ न प्रिय मेरो मजबुरि
टाढाटाढा, टाढा मायाको दुरी
बुझिदेऊ न प्रिय मेरो मजबुरि
कर्मैले दोर्याई पुरायो कहाँ, खायौ कि भोकै छौ?
दुःखको बेला कोही छ कि साथी? कि बसी रुँदै छौ?
कहिले खाएँ पेटभरि खाना, खाली नि राख्या छु
कहिले झरी, कहिले भेलमा बाँच्न त बाँच्या छु
हो, टाढाटाढा, टाढा मायाको दुरी
हो, बुझिदेऊ न प्रिय मेरो मजबुरि
टाढाटाढा, टाढा मायाको दुरी
बुझिदेऊ न प्रिय मेरो मजबुरि
Поcмотреть все песни артиста