समयसँगै हिँड्ने कोशिश आफैलाई चिन्ने कोशिश भागीराछु, डर लाग्छ कतै यो मन फेरि अल्झि लड्छ (अल्झि लड्छ) यो झरी ओर्ली आकाशमा, घाम आएपछि यो किरण महसुस गर्न मन छ (मन छ) यो इन्द्रेणी आइ आकाश खुसी भए जस्तै मलाई नि मुस्कुराउन मन छ (मन छ) यो चराचुरुङ्गी बतासमा, खेलि हिँडे सरी मलाई नि उडिरहन मन छ (मन छ) यो क्षितिज माथि यो संसार पारी एक्लै बसि सास फेर्न मन छ (मन छ) खोजी रहन्छु आफैलाई यो भीड भित्र अल्झिरहेको छ कि मेरो मन? सोधीबस्छु आफैलाई के यही नै होर जीवन? बर्खामा रुझिरहन्छु फिक्का लाग्दैछ जिन्दगीका रंगहरू कोरेका चित्रहरू सँगै बगिगए भावनाहरू (भावनाहरू) ♪ अन्धकारमा झस्किएको मन उज्यालो सम्झिदा मुस्कुराई दियो पुराना दिन सम्झि यादहरु सँगाली मनमनै एकान्तमा हिजो झै हाँसिदियो ♪ यो अन्धकार गई, ज्योति चम्किए पछि मलाई नि हाँसखेल गर्न मन छ यो भौतारी हिँडेको आत्मा कसैसँगै आई अँगालोमा बाधिरहन मन छ तर भिझिहिँड्छु आज छैन कोहि वरिपरी यो आँशु सँगै बगिरहेछन् थोप्पा थोप्पा झरी