नराखिएका ती नामहरुले बोलाउनु मन छ, मायालु, तिमीलाई परिस्थिति र भावनाबीच अल्झिरहेछु, दोष दिऊँ म कसलाई? प्रयास गरेँ होला कति हजार मैले तिम्रो छेउ आई तिम्रै आँखामा हराउने तर थाहा छैन तिमी उस्तै छौ कि नाइँ, माया नभेटेसम्म तिमी मेरो कपोलकल्पित सपना, माया ♪ के दिन के रात, कुराकानी गर्न समय कुनै निश्चित छैन यी संसारिक बाधाहरू सबै तिमीसामु आई बिलाइदिन्छ म तिम्रो तस्बिरसँग बोल्ने गर्दछु, आफै जिस्काइदिन्छ भावनाहरू पठाउँछु म सुन्छौ तिमी भनेर नछुटिने ती बाचाहरु र सपनामै बाँचिरहेको छु म टाढा भए नि, न भेटिए पनि म उड्ने बादल र तिमी मेरो आकाश बुझ्न सक्दिन म आफ्नै मनलाई कहिले हजार बहाना खोज्छ नरोज्न कोही तिमीलाई बाहेक तर थाहा छैन तिमी उस्तै छौ कि नाइँ, माया नभेटेसम्म तिमी मेरो कपोलकल्पित सपना माया, wooh माया, हा, हा