मुटुमा लागेको घाउ मेरो यो यादले तिम्रो म सिलाउँला टाढा छौ तिमी, लिन आउन सक्दिन म तर तस्वीर हेरी तिम्रो निदाउँला सपनाको संसारमा फेरि-फेरि भेटौँला तिमी चढ्ने घोडा म बनिदिउँला अँगालोभरि न्यानो माया बोकेर चिसो तिम्रो मुटु म सेकिदिउँला, mm एकफेर आँखा फेरि खोल न चञ्चलु आँखैले बोल न मुसुक्क मुस्काई फेरि जिस्काऊ न आँसुमा डुबाई नबिलाऊ न एइ मेरो सानो परी, फेरि फर्की आऊ न एइ मेरो सानो परी, फेरि फर्की आऊ न एइ मेरो सानो परी, नबिलाऊ न तिमीसँग बिताएका पलहरू सम्झेर आँसु यो पुछी म हाँसिदिउँला तिमी त छैनौ, तिम्रो याद बोकेर अब जिन्दगीको बाटो यो हिँडिदिउँला याद तिम्रो आउनेछ सधैँ-सधैँ, धेरै-धेरै तर माया तिम्रो लागि सधैँ साँचिराखौँला म हातले औँला मेरो समाऊ न फेरि खेल्न आऊ तिम्रो खेलौना निदाउन आऊ मेरो अँगालोमा आँसुमा डुबाई नबिलाऊ न एइ मेरो सानो परी, फेरि फर्की आऊ न एइ मेरो सानो परी, फेरि फर्की आऊ न एइ मेरो सानो परी, नबिलाऊ न पङ्ख फिँजाई उडिरहनू, मेरो सानो परी बादलपारि कुरी बस्नू, आउनेछु कुनै दिन म पनि, ओ-हो टाढा हैन, तारा बनिदिनू तिमी मुटुको माझमा सधैँ हुन्छौ तिमी एइ मेरो सानो परी, फेरि फर्की आऊ न एइ मेरो सानो परी, फेरि फर्की आऊ न एइ मेरो सानो परी, नबिलाऊ न