सरर भटभटेमा घुम्नलाई जाऊँ न, माया हात कम्मरमा राखी, सिर यो काँधमाथि, माया (माया), सुन (सुन) त्यो पारि डाँडा जाउँला, मम र चिसो खाउँला सँगै बसेर हामी एक-दुइटा selfie खिचौँला बालै छैन कसैको अजम्बरी माया यो बिर्सिदिउँला घरबार तिमी नै मेरो संसार, माया ♪ हेर, आजभोलि भन्दाभन्दै मायामा फसेछु है मुटु यो सम्हाली राख (सम्हाली राख) ढाँटेको हुँदै हैन, म भन्छु, तिमी सुन मेरो हुने हो कि हैन? (हो कि हैन?) ♪ सिरिरी हावा चल्दा केश तिम्रो उडाउला साङ्गाको पुलमा बसी मायाका कुरा गरौँला (मायाका कुरा गरौँला) किनिदिउँला रातो साडी, सुन न, ए पियारी एकदमै सुहाउँछ है हामी दुईको जोडी नभन हीरा, सुन चाहिन्छ दिनसक्ने माया छ मुसुक्क हाँसी हेर्दा त भुतुक्कै हुन्छ यो मन, माया ♪ बालै छैन कसैको अजम्बरी माया यो बिर्सिदिउँला घरबार तिमी नै मेरो संसार, माया