सिरमा फूल, कम्मरमा पटुकी माया, तिमी मुटुमा बसेसी सिरमा फूल, कम्मरमा पटुकी माया, तिमी मुटुमा बसेसी केलाई चाहियो र सारा संसार? भुलाइदिउँला म केलाई चाहियो र सारा संसार? भुलाइदिउँला म ♪ मेरो हात तिमीले थामेसी एउटै मुटु तिमीले चोरेसी मेरो हात तिमीले थामेसी एउटै मुटु तिमीले चोरेसी केलाई चाहियो र सारा संसार? बिर्सिदिउँला म केलाई चाहियो र सारा संसार? बिर्सिदिउँला म ♪ एउटै मुटु, एउटै ज्यान यो जुनीमा तिम्रै नाम गरेँ, मायालु सधैँ सँगै बसिदेऊ न, अँगालोमै बेरिदेऊ न, खुशी मिल्छ बरु ♪ खाउँला ढिँडो, साग र सिस्नु, माया नसकुँला सुनचाँदी दिन म खुशी ल्याइदिउँला अँजुली भरेर, रुवाउँदिन म खुशी ल्याइदिउँला अँजुली भरेर, रुवाउँदिन म खाउँला मिठोमसिनो जे भए नि केलाई चाहियो सुनचाँदी, सम्पत्ति? तिमी भए पुग्छ, मलाई चाहिँदैन ठूलो महल तिमी भए पुग्छ, माया, चाहिँदैन ठूलो महल केलाई चाहियो र सारा संसार? भुलाइदिउँला म केलाई चाहियो र सारा संसार? बिर्सिदिउँला म