Hmmmm... Hmmmm... सम्हालिराछु आफैलाई आज मनमा कुरा खेलिरहेछ पोखूँ कसरी म? भनूँ कसरी सबै? जिन्दगी घाम त कहिले छाया भोलि के हुन्छ? कसलाई के थाहा जानु त छ एकदिन छोडी सबै यो संसार किन हुन्न र सोचेजस्तो यहाँ? कल्पनामै केवल सिमित छ सपना मेरा किन हुन्न र चाहेजस्तो यहाँ? अन्तिम प्रयासहरू पनि गएछन् खेर हा-आ-आ-आ-आ-हा-आ-आ मुहारमा हाँसो, मनमा पीडा बोकी हिँडेको जीवनको यात्रामा पर्खिरहेछु म तिम्रो आशामै यहाँ जुनेली रात, तिम्रै सम्झना कोरेको चित्र कुनै कुनामा अल्झिएको छु म भावनाहरू माझ माया त्यो नभएको होइन प्रतीक्षा नगरेको होइन साथ तिमीलाई मेरो सधैँ थ्यो बाचाहरू अधुरो नै रह्यो