समय बितेको थाहै भएन जीवनको यो वेग रोकिएन गन्तव्य त्यहाँ एकै किनारमा म माझमा पुगे कि? घाम झुल्केको थाहै भएन अर्को दिनको पर्खाइमा म त हिँडेँ, हिँडेँ... म त हिँडेँ, हिँडेँ... ♪ ज्ञान मात्र तिमीले सिक्ने छैनौ केवल किताबको पानाबाट परिवर्तन यो समयको समयले सिकाउँछ जीवनको महत्व घाम झुल्केको थाहै भएन अर्को दिनको पर्खाइमा म त हिँडेँ, हिँडेँ... म त हिँडेँ, हिँडेँ... ♪ साथीभाइ मेरा इष्टमित्र सबै छरिएर बिरानो भएछन् तर सबै एउटा नयाँ उज्यालो लिई जीवनको नयाँ मोडमा परिवर्तन त केवल एउटै जीवनको भाकै हो सिमित रूपमै भएपनि तिमीले बुझ्नेछौ यो जीवनको कुनै मोडमा जीवनको कुनै मोडमा घाम झुल्केको थाहै भएन अर्को दिनको पर्खाइमा म त हिँडेँ, हिँडेँ... म त हिँडेँ, हिँडेँ...