Kishore Kumar Hits

Monkey Temple Nepal - Akasaima текст песни

Исполнитель: Monkey Temple Nepal

альбом: Monkey Temple Nepal


आकाशैमा चील उड्यो, धर्तीमा छाया
गाँठो पारी बाँधिराख मेरै चोखो माया
आहै, रेशमको रुमालैमा
आहै, रेशमको रुमालैमा
बैँसमा समुद्र पनि तरूँ-तरूँ लाग्छ
फाँसी लागी झुन्डिएर मरूँ-मरूँ लाग्छ
आहै, तिम्रो त्यो कपालैमा
आहै, तिम्रो त्यो कपालैमा

मायाप्रीति लाएपछि दुनियाँको के डर?
जीवनमा एकपल्ट नफस्ने को छ?
आहै, मोहनी जन्जालैमा
आहै, मोहनी जन्जालैमा
कमिज-पतलुन लगाउने नकले म ठिटा
तर जन्तीहरूसित बाँधी आउँला है फेटा
आहै, दौरा र सुरुवालैमा
आहै, दौरा र सुरुवालैमा

दौरा र सुरुवालैमा, दौरा र सुरुवालैमा
रेशमको रुमालैमा, रेशमको रुमालैमा

दौरा र सुरुवालैमा, दौरा र सुरुवालैमा
रेशमको रुमालैमा, रेशमको रुमालैमा

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Похожие исполнители

GOli

Исполнитель

Vek

Исполнитель