Kishore Kumar Hits

Andazification - 2 Ghanta текст песни

Исполнитель: Andazification

альбом: JPT


दुई घण्टा सम्म तिमीलाई कुरे (तिमीलाई कुरे)
छाता ओढ्दै, चिसोमा काम्दै
तिम्रो घरको बाहिर कुरेर, चिसो झ्यालमा नाउँ कोरे
भन्न त हुँदैन, के गर्नु तिम्रो बानी, कहिले सुद्रिन्छ?
दुई घण्टा संसारमा एक्लै म सोच्छु, के गर्नु?
नरिसाउ, नझर्क, कहिले कहीं यस्तो हुन्छ
जे पाए त्यही
एक चोटी मलाई बोल्न देउन (बोल्न देउन)
एक कानले सुन्छौ, अनि अर्कोले उडाउँछौ?
तिम्रो कुरा सधैं सुनेछु (सुनेछु), अब मेरो सुनिदेउ न
"बाहिरै निस्कन्न, अब म फर्किन्न," भनी देउ न तिमी, म कहिले फर्किन्न
Yo, अगाडी छ मेरो rum र coke (Rum र coke)
हातमा मेरो Marlboro (Uh-huh)
सोच्दै छु, bro, जिन्दगी मेरो (Yeah) किन भयो फेरि एक्लो (भयो फेरि एक्लो)
ठीकै छ भन्दै भोली केही नै अवश्य हुने छ (Yeah)
के हुने छ, त्यो अझ छ है रहस्य (छ है रहस्य)
अनि हाँस उठ्छ पनि उठ्छ रिस (पनि उठ्छ रिस)
तिमीसंग अब पुग्यो, अत्ति नै भो please (Pretty please)
माया लाएको मैले यो भुल्न त होइन, so (Uh-huh)
सुनेर पनि किन नसुनेझै? (किन नसुनेझै?)
देखेर पनि किन नदेखेझै? (नदेखेझै)
देख्दै छु म तिमीलाई कतै, बुझाई हाल्छु भनी (बुझाई हाल्छु भनी)
दुई घण्टा संसारमा एक्लै म सोच्छु, के गर्नु?
नरिसाउ, नझर्क, कहिले कहीं यस्तो हुन्छ
जे पाए तै
भोली कतै भेट भयो भनी (भेट भयो भनी)
अंगालो मारी संगसँगै हिँडौंला
तिता-मीठा कुरा गरेर (गरेर)
हाम्रो कथा एक-अर्कोलाई सुनाउला
टाढा जाँदै छु, तिमीलाई छोडेर
कोसिस गर्ने छु तिमीलाई बिर्सिन

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Похожие исполнители