मुटुभरि-भरि समेटिनेछ सबैको माया, प्रेरणाहरू हृदयभरि-भरि गुञ्जिरहनेछ सृजनाको धुनहरू छातीभरि-भरि मेरो अटाउनेछ सबैको यादहरू दिन मैले के पो सकेँ? पाउन भने धेरै नै पाएँ साथहरू आफ्नै बने यी सारा संसारहरू ♪ साथीभाइहरूले लाएको गुनहरूसँगै मैले सृजना गरेको यो धुनहरू साट्दै सबलाई माया गर्ने कसम मैले खाएँ सबलाई मीठो सन्देश छर्ने वाचा मैले गरेँ मुटुभरि-भरि समेटिनेछ सबैको माया, प्रेरणाहरू हृदयभरि-भरि गुञ्जिरहनेछ सृजनाको धुनहरू ♪ उनीहरूको अन्तर आत्मामा नै सधैँ डुल्दै, रम्दै अल्झिरहेर नै सधैँ सबलाई आफ्नो भन्ने कसम मैले खाएँ सबलाई माया गर्ने वाचा मैले गरेँ मुटुभरि-भरि समेटिनेछ सबैको माया, प्रेरणाहरू हृदयभरि-भरि गुञ्जिरहनेछ सृजनाको धुनहरू छातीभरि-भरि मेरो अटाउनेछ सबैको यादहरू दिन मैले के पो सकेँ? पाउन भने धेरै नै पाएँ साथहरू आफ्नै बने यी सारा संसारहरू आफ्नै बने यी सारा संसारहरू रा-रा-रा-रा-रा-रा, रा-रा-रा-रा-रा रा-रा-रा-रा-रा-रा, रा-रा-रा-रा-रा रा-रा-रा-रा, रा-रा, रा-रा-रा-रा-रा रा-रा-रा-रा-रा-रा, रा-रा-रा-रा-रा