Kishore Kumar Hits

Narayan Gopal - Manchheko Maya текст песни

Исполнитель: Narayan Gopal

альбом: Manchheko Maya


मान्छेको माया यहाँ खोलाको पानी जस्तो
किनारालाई छोई भाग्ने, लहरेको बानी जस्तो
मान्छेको माया यहाँ आँखाको नानी जस्तो
यो रात फकाई आउने सुन्दर बिहानी जस्तो

माया त जोवनको आवेश मात्र नै हो
तिर्खाको राम्रो अर्को एक भेष मात्र नै हो, एक भेष मात्र नै हो
तिम्रो हेराईमा केबल आँखा छ मुटु छैन
तिम्रो बोलाईमा स्वर छ ढुकढुकी केही छैन
मान्छेको माया यहाँ खोलाको पानी जस्तो
किनारालाई छोई भाग्ने, लहरेको बानी जस्तो

मायाको विशालता यो आकाश धर्ती नै हो
माया त साँच्ची सुन्दर आत्माको मुर्ति नै हो
सुन्दर आत्माको मुर्ति नै हो
तिमी पानीलाई आकार दिने कोशिस नगर
तिमी हावालाई सद्भाव दिने कोशिस नगर
मान्छेको माया यहाँ (मान्छेको माया यहाँ) आँखाको नानी जस्तो (खोलाको पानी जस्तो)
यो रात फकाई आउने (किनारालाई छोई भाग्ने) सुन्दर विहानी जस्तो (लहरेको बानी जस्तो)

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Похожие исполнители