Kishore Kumar Hits

Narayan Gopal - Malai Chhodi Mero Chhaya текст песни

Исполнитель: Narayan Gopal

альбом: Geetiyatra-1


मलाई छोडी मेरो छायाँ कतै झरेछ
मलाई छोडी मेरो छायाँ कतै झरेछ
तिमीसम्म आइपुग्दा साँझै परेछ
मलाई छोडी मेरो छायाँ कतै झरेछ
त्यसै कति बिते मेरा चिसा चिसा रातिहरु
त्यसै कति बिते मेरा चिसा चिसा रातिहरु
तातो माया संगालेर
तातो माया संगालेर खोजिरहें साथीहरु
खोजिरहें साथीहरु
वैंश छँदा नपुगेको रातै ढलेछ
तिमीसम्म आइपुग्दा साँझै परेछ
मलाई छोडी मेरो छायाँ कतै झरेछ
नलेखेको गीत मेरो पाखाभरि गाए जस्तो
नलेखेको गीत मेरो पाखाभरि गाए जस्तो
नदेखेको माया मेरो
नदेखेको माया मेरो आँखाभरि पाए जस्तो
आँखाभरि पाए जस्तो
जिन्दगीको छेउमा कतै ज्योति झरेछ
तिमीसम्म आइपुग्दा साँझै परेछ
मलाई छोडी मेरो छायाँ कतै झरेछ

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Похожие исполнители