Kishore Kumar Hits

Prem Dhoj Pradhan - Timilai Aachel текст песни

Исполнитель: Prem Dhoj Pradhan

альбом: Ghaite Jawani


हो, ओ-हो
हो, ओ-हो
हा, आ-हा, आ-हा-हा, हा

तिमीलाई अचेल कहाँ भेटूँ? पहरामा भेटूँ या छहरामा भेटूँ?
तिमीलाई अचेल कहाँ भेटूँ? पहरामा भेटूँ या छहरामा भेटूँ?
कि दिल हर्ने त्यो फूलको लहरामा भेटूँ?
तिमीलाई अचेल कहाँ भेटूँ?

नभेटूँ कतै, यो मनमा हलचल
नदेखूँ कतै, नीदमा खलबल
नभेटूँ कतै, यो मनमा हलचल
नदेखूँ कतै, नीदमा खलबल
दुवैको तिर्खा कहाँनिर मेटूँ?
अघाउन्जेल हेर्न दोबाटोमा भेटूँ?
तिमीलाई अचेल कहाँ भेटूँ?

अधरमा फुल्ने गीत हौ तिमी
नजरमा घुल्ने प्रीत हौ तिमी
अधरमा फुल्ने गीत हौ तिमी
नजरमा घुल्ने प्रीत हौ तिमी
तिमीलाई मीठो धुनमा सुनूँ
तिमीलाई उजेलो जूनमा देखूँ
तिमीलाई अचेल कहाँ भेटूँ? पहरामा भेटूँ या छहरामा भेटूँ?
तिमीलाई अचेल कहाँ भेटूँ? पहरामा भेटूँ या छहरामा भेटूँ?
कि दिल हर्ने त्यो फूलको लहरामा भेटूँ?
तिमीलाई अचेल कहाँ भेटूँ?

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Похожие исполнители