Kishore Kumar Hits

Deepak Kharel - Samjhanako Goretoma текст песни

Исполнитель: Deepak Kharel

альбом: Samjhanako Goretoma


सम्झनाको गोरेटोले किन पछि डाक्छ
सम्झनाको गोरेटोले किन पछि डाक्छ
बिना कसुर हुरी आई फूल किन झार्छ
बिना कसुर हुरी आई फूल किन झार्छ
भुरुरुरु उड्ने मनचरीको प्वाँख कसले झारेछ
यस्तै नै छ मेरो जिन्दगी, बादलले ढाकेछ
बादलले ढाकेछ
सम्झनाको गोरेटोले किन पछि डाक्छ

बिरहको चिसो स्याँठले मुटु छेडी कँपाईदिन्छ
बिरहको चिसो स्याँठले मुटु छेडी कँपाईदिन्छ
तर्किजाने पानी आँखैमा किन आहाल पार्छ
हाँसीहाँसी हिड्ने यो मन आज हाँस्नै बिर्सेछ
यस्तै नै छ मेरो जिन्दगी, बादलले ढाकेछ
बादलले ढाकेछ
सम्झनाको गोरेटोले किन पछि डाक्छ

मनमा एउटा दियो थियो, कसले आज निभाईदियो
मनमा एउटा दियो थियो, कसले आज निभाईदियो
सँगै बाँच्ने रहर थियो, कसले साथ छुटाईदियो
धुरुधुरु रुने बर्खा आज किन थाकेछ
यस्तै नै छ मेरो जिन्दगी, बादलले ढाकेछ
बादलले ढाकेछ
सम्झनाको गोरेटोले किन पछि डाक्छ
सम्झनाको गोरेटोले किन पछि डाक्छ
बिना कसुर हुरी आई फूल किन झार्छ
बिना कसुर हुरी आई फूल किन झार्छ
भुरुरुरु उड्ने मनचरीको प्वाँख कसले झारेछ
यस्तै नै छ मेरो जिन्दगी, बादलले ढाकेछ
बादलले ढाकेछ
सम्झनाको गोरेटोले किन पछि डाक्छ

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Aawani

2009 · Мини-альбом

Похожие исполнители