लहै, लहै, सबै मिलेर घोषणा गरौँ है वहाँको नाउँ! ♪ को हुन् स्वर्ग छोडी संसारमा आउनुहुने? को हुन् पापीहरूलाई टिठ्याउनुहुने? को हुन् क्रूसमा आफ्नो प्राण दिनुहुने, को हुन्? को हुन् मृत्युबाट बौरी उठ्नुहुने? को हुन् महिमामा स्वर्ग जानुहुने? को हुन् फेरि बादलमा आउनुहुने, को हुन्? मण्डली भन्छ एउटै स्वरमा मण्डली भन्छ एउटै स्वरमा वहाँ येशू, मुक्तिदाता हाम्रो वहाँ येशू, मुक्तिदाता हाम्रो महिमा होस्, महिमा होस् महिमा होस् येशूको महिमा होस्, महिमा होस् महिमा होस् येशूको ♪ को हुन् पापरहित जीवन जिउनुहुने? को हुन् शैतानको शिरलाई कुल्चनुहुने? को हुन् पराक्रमी युद्ध जित्नुहुने, को हुन्? को हुन् पानीलाई दाखमद्ध बनाउनुहुने? को हुन् छालहरूमाथि हिँड्नुहुने? को हुन् अनन्त जीवन दिनुहुने, को हुन्? मण्डली भन्छ एउटै स्वरमा मण्डली भन्छ एउटै स्वरमा वहाँ येशू, मुक्तिदाता हाम्रो वहाँ येशू, मुक्तिदाता हाम्रो महिमा होस्, महिमा होस् महिमा होस् येशूको महिमा होस्, महिमा होस् महिमा होस् येशूको मण्डली भन्छ एउटै स्वरमा मण्डली भन्छ एउटै स्वरमा वहाँ येशू, मुक्तिदाता हाम्रो वहाँ येशू, मुक्तिदाता हाम्रो महिमा होस्, महिमा होस् महिमा होस् येशूको महिमा होस्, महिमा होस् महिमा होस् येशूको