आफैलाई नियाली हेरेँ, भीडमा टोलाई हिँडेँ म तिम्रै सम्झनामा बिथोलिने मुटु मेरो तिम्रै न्यायो आभासमा अँगालिन खोज्छु म हत्केला तिम्रो थाम्न खोज्छु तिम्लाई सामु पाउन खोज्छु म तर फेरि बादलसरि आकाशमा सुल्की उडिरहेको विमान हेर्दै तिम्लाई सम्झी शब्द कोरी कुरिरहेँ म ♪ कुराकानी अपूरा सधैँ, तर तिम्रै मीठो आवाजमा निदाउन खोज्छु म नहोला सामु एकअर्का सधैँ, जहाँ छोड्यौ त्यहीँ कुर्दै म तिम्रै आशामा हजारौँ प्रश्न मनमा आँउछन् मबाहेक अरू कोही पाउँछौ कि? तर फेरि सागरसरि मायामा डुबी तैरिरहेको जहाज हेर्दै तिम्लाई सम्झी शब्द कोरी कुरिरहेँ म तिम्रो र मेरो कहानी आज किन दूरीपनको उदाहरण भयो? "टाढा", "पर" शब्द मात्र हुँदो रैछन् जब मुटुले एकअर्कालाई चिन्यो ♪ हराउँछु म आफैभित्र, टोलाउँछु म आफैभित्र तिम्रै पर्खाइमा, तिम्रै पर्खाइमा हराउँछु म आफैभित्र, टोलाउँछु म आफैभित्र तिम्रै पर्खाइमा, तिम्रै पर्खाइमा आयौ तिमी संसारै छोडी फेरि मेरो यो मनमा