Kishore Kumar Hits

Yankee Yolmo - Jhuto Maya текст песни

Исполнитель: Yankee Yolmo

альбом: Jhuto Maya


केही छैन भन्ने आज तिमीलाई
भुलिदिनेछु तिम्रो स्पर्श
हारिसकेँ आज तिम्रो मायामा
गुमाएकै छु आफूलाई
अब भो, धेरै भो यादमा तिम्रो रोएको
चाहिन्न मलाई तिम्रो त्यो माया
हेर, जाँदै छु उडी, खुल्ला आकाशको हावा बनी
भावनाको डोरले म बाँधिन्न
चाहिएन तिम्रो मुटु, झूटो हाँसो र कसमहरू
चाहिन्न तिम्रो त्यो झूटो, झूटो माया

यो होइन कुरा कि मै हुँ सही
तिम्रै कल्पनामा सोचेको जति
व्यर्थै सुम्पिदिएछु मैले यो मेरो मन
गरेको धेरै, बुझेको सबै
तर होइन रहेछ, थियो मोह सबै
तिमी आउने जुनेली रातमा
हेर, जाँदै छु उडी, मीठो रातको जून बनी
भावनाको डोरले म बाँधिन्न
चाहिएन तिम्रो मुटु, झूटो हाँसो, सपनाहरू
चाहिन्न तिम्रो त्यो झूटो...
अब भो, धेरै भो यादमा तिम्रो रोएको
चाहिन्न मलाई तिम्रो त्यो माया
हेर, जाँदै छु उडी, खुल्ला आकाशको हावा बनी
भावनाको डोरले म बाँधिन्न
चाहिएन तिम्रो मुटु, झूटो हाँसो र कसमहरू
चाहिन्न तिम्रो त्यो झूटो, झूटो माया

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Похожие исполнители

Vek

Исполнитель