Kishore Kumar Hits

Narendra Pyasi - Birano Bho текст песни

Исполнитель: Narendra Pyasi

альбом: Sabhyata


बिरानो भो बस्ने बास, तिम्ले छोडिदियौ
हो, बिरानो भो बस्ने बास, तिम्ले छोडिदियौ
मरिसक्यो बाँच्ने आस, नाता तोडिदियौ
मरिसक्यो बाँच्ने आस, नाता तोडिदियौ
बिरानो भो बस्ने बास, तिम्ले छोडिदियौ

तिम्रै लागि बैँस मैले जुनी-जुनी साँचेँ
बगरको माछोसरि छटपटिँदै बाँचेँ
हो, तिम्रै लागि बैँस मैले जुनी-जुनी साँचेँ
बगरको माछोसरि छटपटिँदै बाँचेँ
ढुकुरको जोडी बन्न चाहेको थेँ आज
ढुकुरको जोडी बन्न चाहेको थेँ आज
किन झम्ट्यौ खुशीमाथि? किन बन्यौ बाज?
किन झम्ट्यौ खुशीमाथि? किन बन्यौ बाज?

कर्कलाको पात बन्यौ, म बनेथेँ पानी
हावा चल्यो, भुईँमा खसेँ, बित्यो जिन्दगानी
ओ, कर्कलाको पात बन्यौ, म बनेथेँ पानी
हावा चल्यो, भुईँमा खसेँ, बित्यो जिन्दगानी
सकिनौ, खै, जोगाउन, जिउन भाछ गाह्रो
सकिनौ, खै, जोगाउन, जिउन भाछ गाह्रो
तिमीभन्दा लाग्छ अचेल मसानघाट नै प्यारो
तिमीभन्दा लाग्छ अचेल मसानघाट नै प्यारो

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Moha-2

2023 · Мини-альбом

Похожие исполнители